काठमाण्डु – कर्णाली प्रदेश सरकारका ३ मन्त्रीले आज सामूहिक राजीनामा दिने भएका छन् ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा रहेका सामाजिक विकास मन्त्री दल रावल, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले सामूहिक राजीनामा दिने तयारी गरेका हुन् ।
एक बजे संसदीय दलको बैठक बस्नुअघि उनीहरुले राजीनामा दिने भएका मन्त्री रावलले जानकारी दिए । आइतबार बसेको कर्णाली प्रदेश एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आफ्ना मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको थियो ।
केन्द्रमा नेकपा बदर हुँदै एमाले र माओवादी केन्द्र व्यूँतिएपछि कर्णाली प्रदेशको सरकार ढल्ने अवस्थामा पुगेको छ । ४० सदस्य रहेको कर्णाली प्रदेशसभामा २१ सदस्य बहुमत हुन्छ ।
एमालेको २० सिट रहँदा माओवादी केन्द्रसँग १३ सिट मात्र छ । एमाले सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार संकटमा परेको छ ।




प्रतिक्रिया