पाँच जना मन्त्रीको सांसद पद खारेज गर्ने माओवादी केन्द्रको तयारी

पाँच जना मन्त्रीको सांसद पद खारेज गर्ने माओवादी केन्द्रको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – माओवादी केन्द्रले नेकपा एमालेका लागेका पाँच जना मन्त्रीलाइई कारबाही गर्ने तयारी गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको कारबाहीको पत्र पाँच जना मन्त्रीलाई दिन लागिएको स्रोतले जानकारी दियो । माओवादी केन्द्रबाट ६ जना नेता केपी ओली सरकारका मन्त्री छन् ।

ओली सरकारमा माअ‍ोवादी केन्द्रबाट गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री टोपबहादुर रायमाझी, आपूर्तिमन्त्री लेखराज भट्ट, खानेपानी तथा सरसफाई मन्त्री मणि थापा, सहरी विकासमन्त्री प्रभू साह, श्रममन्त्री गौरीशंकर चौधरी र खेलकूदमन्त्री दाबा लामा रहेका छन् । मणि थापा सांसद छैनन् ।

‘पाँच जना सांसदहरुको पद खारेज गर्नेगरी पत्र तयार भइसकेको छ । आज या भोलीसम्ममा पार्टीले पत्र पठाउँछ’, प्रचण्ड निकट एक स्थायी कमिटी सदस्यले काठमाण्डुपाटीसँग भने ।

यसअघि माओवादी केन्द्रले एमालेतिर लागेका सांसदहरूलाई पार्टीमा फर्काउन औपचारिक पत्र पठाउँदै  २४ घण्टे स्पष्टिकरणसमेत साेधेकाे थियाे ।