खनाल–नेपाल समूहद्वारा अष्टलक्ष्मीको नेतृत्वमा १७५ सदस्यीय वाग्मती प्रदेश समानान्तर कमिटी घोषणा

खनाल–नेपाल समूहद्वारा अष्टलक्ष्मीको नेतृत्वमा १७५ सदस्यीय वाग्मती प्रदेश समानान्तर कमिटी घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको माधवकुमार नेपाल समूहले वाग्मती प्रदेशमा समानान्तर कमिटी घोषणा गरेको छ ।

मंगलबार बल्खुस्थित सिद्धिगणेश पार्टी प्यालेसमा बसेको बागमती प्रदेशस्तरीय स्थायी समिति बैठकले पार्टीको बागमती प्रदेश कमिटी घोषणा गरेको हो ।

खनाल–नेपाल समूहले अष्टलक्ष्मी शाक्यको नेतृत्वमा १७५ सदस्यीय समानान्तर कमिटी घोषणा गरेको छ ।

कमिटीको सहसंयोजकमा केदार न्यौपाने, अरुण न्यौपाने र पशुपति चौलागाई रहेका छन् । यस्तै सदस्यमा पेम्बा तामाङ, टोपबहादुर वाइबा, बसन्त मानन्धर, विष्णु देवकोटा, विष्णु लोहनी, रामप्रसाद अधिकारी, हरि प्रसाद शर्मालगायत रहेका छन् ।

नेपाल समूहले काठमाण्डुमा वसन्त मानन्धरलाई अध्यक्ष र कुसुमकुमार कार्कीलाई सचिव बनाइसकेको छ ।

माधव नेपाल समूहले संस्थापन पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका कदमप्रति विरोध जनाउँदै देशभर समानान्तर कमिटी बनाउने घोषणा गरेको छ ।

यी न् १७५ प्रदेश कमिटी सदस्यहरु: