काठमाण्डु – सरकारले नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्यमा उद्योगी व्यवसायी किशोरकुमार प्रधानलाई नियुक्त गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानु भक्त ढकालले नेपाल वायु सेवा निगम ऐन २०१९ को परिच्छेद २ को दफा ४ को उपदफा १ बमोजिम निगमको सञ्चालकमा ४ वर्षका लागि नियुक्त गरेको मन्त्रालयले जनाएको छ ।
उनी मन्त्री ढकालको गृहजिल्ला मोरङका स्थायी बासिन्दासमेत हुन् । उनलाई केही समयअगाडि प्रधानमन्त्री केपी शर्मा अोलीले नेकपा एमालेमा प्रवेश गराएका थिए ।




प्रतिक्रिया