विज्ञान तथा प्रविधि युवा पुरस्कार डा. भेषराज थापालाई

विज्ञान तथा प्रविधि युवा पुरस्कार डा. भेषराज थापालाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु  – नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा (प्रतिष्ठान नास्ट) ले २०७७ विज्ञान तथा प्रविधि युवा पुरस्कार’ युनिभर्सल इन्जिनियरिङ एण्ड साइन्स कलेजका सहप्राध्यापक ई. डा. भेषराज थापालाई प्रदान गरेको छ ।

जापानको यूनिर्भसिटी अफ यामानासीबाट विद्यावारीधि डा. थापा यूनिभर्सल इन्जिनियरीङ कलेजका प्रिन्सीपल हुन् । जलस्रोत (वाटर रिसोर्स) को अनुसन्धान क्षेत्रमा पुर्याएको प्राज्ञिक९वैज्ञानिक योगदानको कदरस्वरुप थापालाई सम्मान प्रदान गरिएको हो ।

‘इन्टिग्रेटेड रिभर बेसिन म्यानेजमेन्ट’मा जापानको यामान्सी विश्वविद्यालयबाट पीएचडी गरेका उनलाई सोध कार्यमा देखाएको उत्कृष्ट प्रस्तुतिको सम्मान स्वरुप नेपाल सरकारद्वारा ‘नेपाल विद्या भुषण (क) उपाधिद्वारा समेत विभूषित गरिएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठको उपस्थितिमा आयोजित नास्टको ४४ औं प्राज्ञ सभाले यस वर्ष २०७७ सालका लागि विभिन्न क्षेत्रको अनुसन्धानमार्फत योगदान पुर्याइरहेका प्राज्ञिक व्यक्तित्वहरूलाई सम्मान गरेको थियो ।

नास्टले प्रत्येक वर्ष अनुसन्धान पेपरको संख्या, इम्प्याक्ट फ्याक्टर र उक्त अनुसन्धानले नेपाल र अन्तर्राष्ट्रिय जगतमा खेलेको भूमिका र पुर्याएको योगदानका आधारमा ४० वर्षमुनिका नेपाली युवा वैज्ञानिकहरूलाई यो पुरस्कार प्रदान गर्दै आएको छ । थापासँगै विज्ञान प्रविधिका ११ भिन्न विधानहरूमा १७ व्यक्ति वा संस्थाहरूलाई पुरस्कार प्रदान गरिएको छ ।