चीनले दिएको ‘भेरोसेल खोप’ आजदेखि लगाउन सुरु, को–को परे प्राथमिकतामा ?

चीनले दिएको ‘भेरोसेल खोप’ आजदेखि लगाउन सुरु, को–को परे प्राथमिकतामा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले चीनबाट अनुदान सहयोगमा प्राप्त गरेको कोभिड–१९ विरुद्धको भेरोसेल खोप आजदेखि लगाउने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुदानमा आएको आठ लाख डोज खोप बिभिन्न २३ वटा खोप केन्द्रबाट लगाउन लागेको हो । उक्त खोप पहिलो चरणमा १८ देखि ५९ वर्ष उमेर समूहका प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने नेपाली विद्यार्थी र नेपाली व्यापारीलाई लगाइने छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार पहिलो चरणमा खोप लगाउन छुटेका अग्रपंक्तिमा खटिने जनशक्ति, अत्यावश्यक सेवामा खटिने कर्मचारी, होटल, ट्रेकिङ, विज्ञापन, इन्टरनेट, औषधि, फलफुल र तरकारी व्यवसाय गर्ने व्यक्तिहरुलाई पनि दिइने छ ।

खोप अभियान काठमाण्डु, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लाका २३ स्थानबाट सुरु भएको छ ।