नेप्से १७ अंकले बढेर उच्च विन्दुमा, कसले कति कमाए ?

नेप्से १७ अंकले बढेर उच्च विन्दुमा, कसले कति कमाए ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक १७ दशमलव २० अङ्कले बढेर सोमवार २६ सय ९१ दशमलव ५५ विन्दुमा पुगेको हो । यो अहिलेसम्मकै उच्च विन्दु हो । यसअघि नेप्से चैत २२ गते २६ सय ५७ विन्दुसम्म पुगेको थियो ।

बैकिङ समूहको शेयर १७ दशमलव ८१ अङ्कले, विकास बैंकको शेयर ३९ दशमलव ३६ अङ्कले, निर्जीवन बीमा समूहको शेयर एक सय ६३ दशमलव ७६ अङ्कले, माइक्रोफाइनान्सको शेयर एक सय ८८ दशमलव ५६ अङ्कले र जीवन बीमा समूहको शेयर एक सय ९७ दशमलव ७९ अङ्कले बढेको छ ।

आज दुई सय १६ कम्पनीका एक करोड ३८ लाख २१ हजार पाँच सय ७३ कित्ता शेयर सात अर्ब ६१ करोड आठ लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै एनआईसी एसियाको २५ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

एनआईसी एसिया लघुवित्त वित्तीय संस्था, महिला लघुवित्त वित्तीय संस्था, छ्याङ्दी हाइड्रोपावरलगायत पाँच कम्पनीको शेयर मूल्य झण्डै दश प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि सान्जेन जलविद्युत् कम्पनीको शेयर मूल्य चार प्रतिशतभन्दा धेरैले घटेको छ ।