मंगल ग्रहमा पहिलो पटक उड्यो नासाको सानो हेलिकप्टर

मंगल ग्रहमा पहिलो पटक उड्यो नासाको सानो हेलिकप्टर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी अन्तरिक्ष निकाय नासाले मंगल ग्रहमा एउटा सानो हेलिकप्टर सफलतापूर्वक उडान गरेकाे छ। इन्जेन्युएटी नामको ड्रोन एक मिनेटभन्दा कम समय हावामा अडिएको थियो। पृथ्वी बाहेकको ग्रहमा यसरी हेलिकप्टर उडेको यो पहिलो घटना हो ।

तर नासाले त्यसलाई एउटा विमानमार्फत् अर्कै विश्वबाट पहिलो पटक नियन्त्रित र सञ्चालित उडान गरिएको बताएको छ।त्यसको पुष्टि मंगल ग्रहस्थित एउटा भू-उपग्रहमार्फत् आएको हो जसले पृथ्वीमा उक्त हेलिकप्टरको डेटा पठाएको थियो।

मंगल ग्रहमा रहेको स्याटेलाइटले पठाएको सूचनापछि हेलिकप्टर उडेको पुष्टि भएको हो । आउँदा दिनहरुमा मंगलग्रहमा थप परिस्कृत र ठूलो आकारको विमान उडाउने योजना रहेको नासाले जनाएको छ ।

हालको हेलिकप्टरमा प्रयोग भएको प्रविधिको परीक्षण तथा त्यसको क्षमता थाहा पाउनका लागि इन्जिनियरहरुले इन्जेनुएटीलाई थप माथि उड्न आदेश दिने छन् । नासाले गएको फेब्रुअरीमा नासामा पठाएको अन्तरिक्ष यानमा सो हेलिकप्टर पठाइएको थियो ।

क्यालिफोर्नियाको पासाडेना स्थित नासाको जेट प्रोपुल्सन ल्याबुरेटरी (जेपिएल) मा रहेकी इन्जेनुएटीकी प्रोजेक्ट म्यानेजर मिमी आङ्गले भनेकी छन्, ‘अब हामीले भन्न सक्छौँ कि मानिसले अर्को ग्रहमा विमान उडायो ।’

नासाका विज्ञ प्रमुख डा. थोमस जर्बुकनले भने, “यसले हामीले पहिले प्रयोग गर्न नसकेको उपकरण लगिरहेको छ र बक्समा राखिरहेको छ। यो हाम्रो सबै अभियानको निम्ति उपलब्ध छ। त्यसैले यो मेरो निम्ति व्यक्तिगत रूपमा र सम्पूर्ण समुदायको निम्ति निकै उत्साहप्रद हो, यसले नयाँ ढोकाहरू खोल्छ।”

उनलाई रोभर प्रयोग गर्न नसकिने अवस्थाको विकल्प खोज्न सक्षम हुने विश्वास छ। नासाले शनि ग्रहको ठूलो उपग्रह टाइटको निम्ति हेलिकोप्टर अभियानलाई अनुमोदन गरिसकेको छ। ड्रागनफ्लाइ नाम दिइएको उक्त मिसन २०३० को दशकको मध्यमा टाइटलमा अवतरण गर्नेछ।