दोहोरो अंकले बढ्यो सेयर बजार, विशाल बजारमा लगानीकर्ताको आकर्षण

दोहोरो अंकले बढ्यो सेयर बजार, विशाल बजारमा लगानीकर्ताको आकर्षण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – साताको अन्तिम कारोबार दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ । आज नेप्से परिसूचक १५ दशमलव ० अंकले बढेर २ हजार ६ सय ४ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव २१ अंकले बढेर ४ सय ७६ दशमलव ६० अंकमा पुगेको छ । यस अघि बुधबार नेप्से परिसूचक ३२ दशमलव ४१ अंकले घटेर २ हजार ६ सय ३२ दशमलव २० अंकमा झरेको थियो ।

आज २सय १४ कम्पनीका १ करोड ३० लाख ३२ हजार ८ सय २३ कित्ता सेयर ५ अर्ब ९१ करोड ५१ लाख ३९ हजार ८ सय ८ रुपैयाँमा किनबेच भएका छन् । आज होटल तथा पर्यटन र म्युचल फण्ड बाहेकका सबै लगानिकर्ताले कमाएका छन् ।

यी दुई समृहको शेयर क्रमस ५२.९२ प्रतिशत र ०.०६ प्रतिशत अङ्कले घटेको छ । आज जीवन र निर्जीवन बीमा समूह समान १सय १४ अंकले बढेका छन् । लघुवित्त समूह ५३.१९ अंक र उत्पादन समूह ४७.२ अंकले बढ्दा विकास बैंक समूह पनि ३८.१७ अंकले बढेको छ ।

व्यापार समूहको शेयर ११.१२, जलविद्युत ४.९८ अंकले बढेको छ । बिहीबार विशाल बजार कम्पनी, महिला लघुवित्त, सिन्धु विकास बैंक लगायतको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएका छन् । त्रैमासिक वित्तीय विवरण समेत नबुझाएको भन्दै ३ महिना अघि विशाल बजारको सेयर कारोबार नेप्सले रोक्का गरिदिएको थियो ।

३ महिनापछि कारोबार खुल्दा विशाल बजारको सेयरमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ । यस कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएर प्रति कित्ता ३ हजार १ सय ६८ रुपैयाँ पुगेको छ । आज हिमालयन ऊर्जा विकास, पञ्चकन्या माइ हाइड्रो, मञ्जुश्री फाइनान्स, हिमाल दोलखा हाइड्रोपावर र चन्द्रागिरी हिल्सको सेयर मूल्य २/३ प्रतिशतले घटेको छ ।