सेनासहितको हिमाल सफाइ टोली आधार शिविर पुग्यो

सेनासहितको हिमाल सफाइ टोली आधार शिविर पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ६ जिल्लाको हिमाल आरोहण गर्ने उदेश्यका साथ नेपाली सेनासहितको टोली आधार शिविर पुगेको छ ।

सगरमाथा, ल्होत्से, मकालु, धौलागिरी, पुमोरी र आमादब्लम गरी ६ वटा हिमालहरुको सफाई गर्ने उद्देश्यका साथ नेपाली सेनाको समन्वयमा संचालित ‘सफा हिमाल अभियान २०२१’मा खटिएका नेपाली सेना तथा सेवा प्रदायकका ४ वटै टोलीहरु योजनानुसार वैशाख ०९ गते आ-आफ्नो आधार शिविर मा पुगेका हुन् ।

आधार शिविरमा पुगेका टोलीहरुले आफ्नो बन्दोबस्ती तथा मिलापको व्यवस्था गरे पश्‍चात स्थानीय संस्कार अनुसारको पुजाआजा सम्पन्‍न गरेका छन् । प्रायस् सबैजसो आधार शिविरहरुमा भारी हिमपात भइरहेकोले मौसम अनुकुल रहेको खण्डमा योजनानुसार भोलि मिति २०७८ वैशाख ११ गते देखि नै फोहोर संकलन गर्ने कार्य शुरु गरिने छ ।

हिमाल सफाई जस्तो पवित्र कार्यमा खटिएका टोलीहरुले स्थानीय सरकार, सम्बद्ध तथा सरोकारवाला संघसंस्थाहरु एवं स्थानीयवासिहरुसँग आवश्यक समन्वय तथा सहकार्यमा मिति २०७८ जेष्ठ १० गतेसम्म फोहोर संकलनमा सक्रिय रहने छन् ।

कोकाकोला कम्पनी, युनिलिभर नेपाल, डब्लूडब्लूएफ नेपाल पोलिमेन्ट सा. नेपाल डिस्टिलियर, प्लास्ट नेपाल फाउण्डेसनहरु आर्थिक साझेदार तथा पिक प्रमोसन कम्पनी सेवा प्रदायक रहेको छ भने उक्त अभियानमा यति एयरलाइन्स, हिमालयन क्लाइमेट इनिसिएयसन, एभ्नी भेन्चरका साथै नेपाल पर्वतारोहण संघ, हिमालयन उद्धार संघ, सगरमाथा प्रदुषण नियन्त्रण समिति, अन्नपूर्ण संरक्षण क्षेत्र परियोजनाmकार्यान्वयन साझेदारको रुपमा रहेको समेत सेनाले जनाएको छ ।