काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वादेव गौतमबीच भेवटर्ता भएको छ ।
शुक्रबार साँझ नेता नेपाल र गौतमबीच नागपोखरीमा भेटवार्ता भएको गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले जानकारी दिए ।
आज शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले वामदेव गौतम, तथा नेपाल समूहका कुनै पनि नेतालाई जिम्मेवारी नदिएरै महाधिवेशन आयोजक कमिटी गठन गरेका छन् ।
गौतमले विहीवार साँझ अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । गौतमले एमाले २ जेठ २०७५ अगाडिकै अवस्थामा फर्काउनुपर्ने अडान राख्दै आएका छन् । नेता नेपाल समूहले पनि यही माग राखिरहेको छ ।




प्रतिक्रिया