काठमाण्डु : वाग्मती प्रदेशको राजधानी हेटौँडामा आइतबारबाट निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने भएको छ । हेटौँडा उपमहानगरपालिकाभित्र चल्ने निजी तथा सार्वजनिक सवारी सबैमा जोर बिजोर प्रणाली लागू हुने मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए । हेटौँडामा सञ्चालन हुने कार, मोटरसाइकल, टेम्पो, म्याजिक, अटो, मयुरीलगायत सबै निजी सवारीमा जोर बिजोर प्रणाली लागू हुने छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणको न्यूनीकरणका लागि जोर बिजोर प्रणाली लागू गर्ने तयारी गरेका प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । यस्तै सार्वजनिकस्थलमा मास्क नलगाउनेलाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारवाही गरिने भएको छ ।
कोभिड–१९ सम्बन्धी जनस्वास्थ्यको मापदण्ड पालना भए नभएको अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ ।




प्रतिक्रिया