काठमाण्डु – नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर तीव्र रूपमा फैलिरहेको छ । कनट्र्याक्ट ट्रेसिङ तथा समुदायमा परीक्षण नहुँदा पनि सङ्क्रमितको संख्या तीव्र गतिमा बढिरहेको छ । कोरोनाको उपचार गर्न भनेर छुटाइएका अस्पतालहरूमा सङ्क्रमणबाट गम्भीर भएका बिरामीहरूले भरिभराउ छन्।
पछिल्लो समय सबैभन्दा धेरै सङ्क्रमित देखिएको काठमाण्डु सबैभन्दा धेरै गम्भीर अवस्थामा पुगेका सङ्क्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। नेपाल भन्दा सयौँ गुणा राम्रो भौतिक संरचना भएको , संसारमै सबैभन्दा धेरै खोप उत्पादन गर्ने तथा औषधि उत्पादनमा पनि अब्बल देशहरू नै कोरोना नियन्त्रण गर्न नसेको अवस्थामा हाम्रो संरचनाले थेग्न सक्ने कुरै भएन ।
कोरोना सङ्क्रमितको उपचार गर्दै आएका चिकित्सकले पनि कोरोना सङ्क्रमण निकै घातक हुँदै गएको बताइरहेका छन्। तर सरकार भने यसबारे प्रभावकारी नीति लिन सकेको छैन । जनस्वास्थ्य मापदण्ड बनाए पनि प्रधानमन्त्री नै भिड जम्मा गरेर हिँडेका छन् ।
त्यस्तै, नियमनकारी निकाय सरकार र राजनीतिक दलले जनस्वास्थ्य मापदण्ड पालना उल्लङ्घन गर्दै दैनिक जसो शीर्ष दलले भेला, बैठक जारी नै राखेका छन् । पुरानो भाइरस भन्दा छिटो फैलने भएकाले यसअघि नपुगेका समुदाय पनि सङ्क्रमणको जोखिममा रहेको चिकित्सकहरूले बताइरहेका छन्।
पहिलेजस्तै यस भाइरसबाट समुदायका वृद्धवृद्धा र दीर्घ रोगीहरू सिकार बन्नसक्ने भन्दै सचेत गराइएको छ। तर त्यसमा न सरकारी निकायको ध्यान जान सकेको छ, न सर्वराधारणले खासै वास्ता गरेका छन् । जसको परिणाम दिनहुँ सङ्क्रमितको संख्या बढिरहेको छ । अहिलेको अवस्थामा नेपालमा सङ्क्रमण नियन्त्रणभन्दा बाहिर जानै लागेको विज्ञहरूको भनाइ छ । कनट्र्याक्ट ट्रेसिङ नहुन , सिमानाकामा कडाइ नहुनुले पनि भयावह स्थिति निम्तने खतरा बढेको जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे बताउँछन् ।

नेपालमा फैलिएको कोरोना कुन भेरिएन्ट हो भन्ने सम्म पत्ता नलागेको डा. पाण्डेले बताए । नेपालमा भेरिएन्ट परिक्षणका लागि ल्याब नभएको उनी बताउँछन् । उनी भन्छन् “नेपालमा फैलिएको युके भेरिएन्ट हो की हैन अथवा कहाँको हो भनेर परीक्षण गर्ने ल्याब नै छैन अनि कसरी नियन्त्रण गर्न सकिन्छ” सरकाले आजै कडा कदम नचाले नेपालमा पनि सङ्क्रमितको अवस्था भारतको जस्तै हुने बताए । “न लकडाउन छ , न सामाजिक दुरी , के भनौँ सरकारका प्रधानमन्त्री नै कोरोनालाई चुनौती दिँदै भिड बटुलेर हिँडेका छन् ,। नत स्वाथ्यका मापदण्ड कडाइकासाथ लागु छ यस्तै हालत हो र कुनै ठोस कदम नचाल्ने हो भने भारतमा जस्तै अक्सिजन र बेडको अभावमा बिरामीको मृत्यु नहोला भन्न सकिँदैन ”
पछिल्लो समय फैलिएको भाइरस पहिले देखा परेको भन्दा १० औ गुणा बढी फैलने भएकाले स्वयम सर्वसाधारण पनि सचेत हुन जरुरी रहेको उनले बताए । सरकारले स्वाथ्यका मापदण्डको कार्यान्वयनको अनुगमन तीव्र रूपमा गर्नुपर्नेमा जोड दिए । सरकारले गृह मन्त्रालयलाई नै जनस्वास्थ्य मापदण्डको अनुगमन गर्न खटाउनुपर्ने उनको सुझाव छ ।
उनले भने “अव सरकाले सेना परिचालन गरेर टोल टोलमा अनुगमन गर्नुप¥यो , स्वाथ्यका मापदण्ड मान्नुप¥यो , सीमा सिल गरेर १ महिना लकडाउन नगरे स्थिति नियन्त्रणमा हुने छैन बेलैमा विचार गरियोस्” नेपालमा बढिरहेको भिडभाड र स्वास्थ्य मापदण्डमा देखिएको लापरबाही नरोके भयावह स्थिति आउन सक्ने र नियन्त्रण गर्न कठिन हुने डा.पाण्डेले चेतावनी दिए । अहिलेको अवस्थामा सरकाले अस्पतालको क्षमता बढाउने तथा निःशुल्क उपचारको प्रबन्ध गनतर्फ सोच्नुपर्ने उनको भनाई छ ।
हामी सबै सचेत भयौँ र स्वाथ्यका मापदण्ड पुर्ण रूपमा पालना ग¥यौ भने विषम परिस्थिति केही समयपछि हट्ने बताउँदै उनले आगामी २–३ महिना धैर्य, संयम र सतर्क बन्न आग्रह गरे । गत वर्ष कोरोनाबाट सङ्क्रमित हुनेमध्ये अधिकांश ज्येष्ठ नागरिकहरू भए पनि दोस्रो लहर सुरु हुँदा युवा र बालबालिका बढी सङ्क्रमित हुनुले पनि समयमै यसलाई नियन्त्रण नगरिए परिस्थित जटिल बन्ने देखिन्छ ।




प्रतिक्रिया