गण्डकी प्रदेशमा आफु नेतृत्वको सरकार बनाउन कांग्रेसको कसरत जारी

गण्डकी प्रदेशमा आफु नेतृत्वको सरकार बनाउन कांग्रेसको कसरत जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको बैठक बसेको छ । आजको बैठकमा पछिल्ला राजनितिक घटनाक्रमका बारेमा छलफल भएको सांसद विष्णु प्रसाद लामिछानेले जानकारी दिए ।

बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि सहमति जुटाउन अन्य दलसंग वार्ता गर्न भनि बनाइएको वार्ता टोलीले हालसम्म भएका गतिविधिका बारेमा जानकारी गराएको छ । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई अघि सार्दै माओवादी केन्द्र र जनता समाजवादी दलको समर्थनमा मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हाे ।

कांग्रेसले अविश्वास प्रस्ताव छिटोभन्दा छिटो पास गराएर आफु नेतृत्वमा सरकार बनाउन चाहन्छ । यता अविश्वास प्रस्ताव दर्ता हुने थाहा पाएपछि प्रदेशसभाको चालू अधिवेशन अन्त्य गरिएको थियो ।

प्रदेश सरकारको सिफारिसमा प्रदेशप्रमुख अमिक शेरचनले वैशाख १ गते राति १२ बजेदेखि प्रदेशसभाको चालू अधिवेशन अन्त्य गरेका थिए । प्रदेश अधिवेशन अन्त्य गरेपनि २५ प्रतिशत सांसदले माग गरे पुनः अधिवेशन बोलाउनुपर्ने संवैधानिक बाध्यता छ । गण्डकी प्रदेशसभामा एमालेका २७, कांग्रेसका १५, माओवादीका १२, राजमोका ३ र जसपाका २ सांसद छन् ।