काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली वीरेन्द्र अस्पताल भवनको शिलान्यास गरेका छन् । नेपाल सरकार र नेपाली सेनाको सैनिक कल्याणकारी कोषद्वारा छाउनी परिसरमा आधुनिकीकरण गरी निर्माण हुने ७५० शैया क्षमताको अस्पताल रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री ओलीले शिलान्यास गरेका हुन् ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले गौरवपूर्ण इतिहासको सम्मान र आगामी दिनहरुको लागि नव निर्माण गर्दै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सरकार कटिबद्ध रहेको बताए ।
५ सय जना घाइते तथा बिरामीको उपचार गर्ने क्षमता रहेको उक्त अस्पताल पूर्ण रुपमा संचालनमा आए पश्चात् नेपालकै नमुना अस्पतालको रुपमा कार्य संचालन गरी रिसर्च लगायत अन्य ३० प्रकारका मेडिकल सेवाहरु प्रदान गर्ने र विपदको अवस्थामा ६ हजार जना सम्मलाई उपचार गर्ने क्षमता रहने नेपाली सेनाले जनाएको छ । २०७ रोपनी जग्गामा निर्माण हुने उक्त अस्पतालमा अबको ७ वर्षमा सेवा शुरु हुने र १० वर्षभित्र पूर्ण रुपमा संचालन हुने योजना रहेको सेनाको दावी छ ।




प्रतिक्रिया