काठमाण्डु – मंगलबार नेपाली बजारमा सुनको भाउ सामान्य घटेको छ । हिजो प्रति तोला ९१ हजार ३सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार एक सय रुपैयाँले घटेर ९१ हजार २सय रुपैयाँ कायम भएको हो ।
आज छापावाल सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुनको मूल्य प्रति तोला ९० हजार ७सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानाएको छ ।
यस्तै चाँदीको भाउ सोमबारको तुलनामा सामान्य बढेको छ । महासंघका अनुसार चाँदीमा प्रति तोला ५ रुपैयाँले वृद्धि हुँदै मंगलबार प्रति तोला १ हजार ३ सय १५ रुपैयाँ कायम भएको हो ।




प्रतिक्रिया