गर्मी मौसमका लागि टिसियलले ल्यायो वाईफाईबाट चल्ने एयर कन्डिशनर, यस्ता छन् विशेषता

गर्मी मौसमका लागि टिसियलले ल्यायो वाईफाईबाट चल्ने एयर कन्डिशनर, यस्ता छन् विशेषता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ईलेक्ट्रोनिक्स तथा होम एप्लाएन्सका लागि विश्वकै टप २ ब्रान्ड मानिने टिसियलले यस गर्मी मौसमका लागि वाईफाईबाट चल्ने एयर कन्डिशनर बजारमा ल्याएको छ । आर–३२ प्रविधिका ग्याँस प्रयोग भएको इन्भर्टर टेक्नोलोजीद्वारा निर्मित टिसियलका एयर कन्डिशनरहरु अरु एयर कन्डिशनरको तुलनामा वातावरणमैत्री रहेको कम्पनीले जनाएको छ ।

वाईफाई मार्फत चल्ने टिसियल ईन्भर्टर एयर कन्डिशनरमा २४–घण्टाको टाइमर, अटो रिस्टार्ट, ईन्डिपेन्डेन्ट डिह्युमिडिफिकेशन, अटो प्रोटेक्शन जस्ता विशेषताहरु रहेका छन् । त्यस्तै, सानो आवाजमा चल्ने यी एयर कन्डिशनरहरुमा खिया लाग्ने समस्या नरहेको पनि कम्पनीले बताएको छ । कम्प्रेसरमा ५ वर्षको वारेन्टी हुने टिसियलका एयर कन्डिशनरहरुलाई बजारमा उत्कृष्ट गुणस्तरको मानिन्छ ।

हालको समयमा वाईफाईको प्रयोगबाटै सबै काम सहज बन्दै गएकाले टिसियलका वाईफाईबाट चल्ने एयर कन्डिशनरले ग्राहकहरुलाई नयाँ अनुभूति दिलाउने पनि बताईएको छ । यस एयर कन्डिशनरलाई स्मार्ट टिभी, मोबाईल, जुनसुकै वाईफाईबाट, जहाँसुकैबाट पनि कन्ट्रोल गर्न सकिन्छ । यस टिसियल ब्रान्डलाई चौधरी ग्रुपअन्तर्गत रहेको सिजी ईलेक्ट्रोनिक्सको ईओएल प्रा.लि. ले नेपाली बजारमा बिक्री वितरण गर्दै आईरहेको छ ।