काठमाण्डु – सेयर बजारमा हरियाली छाएको छ । आइतबार र सोमबार निरन्तर ओरालो झरेको नेप्से परिसूचक ९२ अंकले बढेको छ ।
नेप्से सूचक ९२.४६ अंकले बढेर २५९९९.०७ विन्दुमा आइपुगेको छ । बजार ३.६९ प्रतिशत ले बढेको हो । ११ कम्पनीको भाउ ९ प्रतिशत र त्यसभन्दा माथि सर्किट लाग्ने तहसम्म वृद्धि भएको छ ।
बैंकिङ ४५, ब्यापार १९०, होटल तथा पर्यटन ३९, विकास बैंक ९३, जलविद्युत १५३, फाइनान्स ३५, निर्जीवन बीमा ५४३, उत्पादन २३९, अन्य ६९, माइक्रोफाइनान्स २३७, जीवन बीमा ५५८ र लगानी समूह ४ अंकले बढेका छन् ।
कारोबार रकममा २३ करोड ८२ लाख रुपैयाँभन्दा बढीसहित अपर तामाकोशी अग्रस्थानमा रहेको छ ।
दोस्रोमा निफ्रा र तेस्रोमा पुनर्बिमा कम्पनी रहेका छन् । ५ अर्ब १० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २१६ कम्पनीको १ करोडभन्दा बढी कित्ता कारोबार भएको छ ।





प्रतिक्रिया