काठमाण्डु – वि.सं.२०७८ साल बैसाख १५ गते बुधबार । ईश्वी सन् २०२१ अप्रिल २८ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर २९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३५ मिनेटमा ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मध्यान्हबाट समय मध्ययम रहेकोले आर्थिक अवस्था कमजोर रहने हुनाले घर परिवारका आवश्यक्ताहरु पुरा गर्न गाह्रो पर्नेछ । भौतिक सम्पतीको प्रयोग गर्दा ख्याल गर्नुहोला । खानपान तथा मौषमको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) प्रेममा एक अर्कालाई अबिश्वास गर्दा मनमुटाव बढ्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य खराब हुन सक्छ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै अग्र स्थानमा तपाईँको नाम आउनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) सत्रु परास्त हुनेछन् भने ठुला वडाको आशिर्वादले अगाडी बढ्न सहज हुनेछ । परिवारमा मेलमिलावको भाव बढ्नेछ भने एक अर्का विच आत्मियता बृद्धि भएर जानेछ । मामा तथा मावली पक्षका मानिससँग भेटघाट हुने हुनाले मन प्रशन्न रहनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पुराना कामहरुबाट भनेभन्दा बढी नै आम्दानी हुनेछ । माया प्रेममा आत्मियताको वढोत्तरी हुनेछ भने घर परिवारका सदस्यहरुबाट सहयोग पाइने छ । बिहानको समय मध्ययम रहेकोले आफन्त तथा माता पितासँग राय बाजिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगती हुनेछ । रचानात्मक तथा कृतिमानी काम शुभारम्भ गर्न सकिनेछ । राजनीति तथा समाजसेवा फाप्ने हुनाले आजको दिन पद प्राप्तिको गतिलो सम्भावना रहेकोछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) मायाप्रेममा नजिकिने समय रहेकोछ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । व्यापारमा प्रशस्त आम्दानी हुनाले दैनिकि सहज मार्गमा अगाडि बढ्नेछ । खेलकुद तथा यस्तै पराक्रमि क्रियाकलापमा भाग लिन सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापारमा वढोत्तरिको योग रहेकोछ भने नयाँ व्यावसाय सुरु गर्न सकिनेछ । पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा रमाउन चाहनेहरुलाई समयले साथ दिनेछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) सरकारी तथा प्रशासनिक क्षेत्रमा तपार्ईँको बर्चस्व कायम रहनेछ भने माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ । बिहानको समयमा धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गर्न सकिनेछ भने लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको योग रहेकोछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) धार्मिक तथा अध्ययन यात्राको अधिक सम्भावना रहेकोछ । नयाँ काम गरी आम्दानीका स्रोत बढाउन सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ । बिहानको समय मध्ययम रहेकोले भौतिक सम्पति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अध्ययन तथा अध्यापनमा तपार्ईँ आफ्नै कारणले पछी पर्नु हुनेछ । सामान्य छाती सम्वन्धी समस्या आउन सक्छ ख्याल गर्नुहोला । राजनीतिमा जनताको समर्थन पाउन निकै नै मिहिनेत गर्नुपर्नेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) दाजुभाई तथा आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । मध्यान्हबाट लामो दुरिको यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहरुका लागी समय फलदायी रहनेछ । तरपनि स्वास्थ्य सम्बन्धी समस्या बढ्ने तथा खर्चालु समय रहेकोछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिहानको समय राम्रो रहेकोले व्यापार व्यावसायबाट मनग्गे आम्दानी हुनेछ । रमाईलो पारिवारिक यात्राको तय गर्न सकिनेछ भने यात्रासँग सम्वन्धीत कार्यहरु हुनेछन् । अध्ययनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ भने खोजमुलक क्षेत्रमा रुची बढ्नेछ ।




प्रतिक्रिया