एजेन्सी – भारतको असममा भूकम्प गएको छ । बुधबार बिहान असमको तेजपुर केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको हो ।
उत्तरी बंगाल र उत्तरपूर्वका अन्य भागहरूमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । राष्ट्रिय भूकम्प केन्द्रका अनुसार तेजपुरको सोनीतपुरमा बिहान ७ः५१ मिनेटमा भूकम्प गएको थियो ।
यो क्षेत्र असमको तेजपुरबाट ४३ किलोमिटर पश्चिममा रहेको छ । भूकम्पबाट भौतिक संरचनाहरुमा क्षति पुर्याएको छ । भूकम्पका कारण सडक र घरहरु पनि भत्किएको छ ।




प्रतिक्रिया