एजेन्सी – बंगलादेशमा रुसले निर्माण गरेको कोरोना विरुद्धको खोप प्रयोगको अनुमति दिइएको छ । बंगलादेश सरकारले सो खोपको आपतकलीन प्रयोगका लागि अनुमति दिएको हो । बंगलादेशको औषधि प्रशासनका प्रमुख मेजर जनरल महबुर रहमानले सो कुराको जानकारी दिएका हुन् ।
उनले भनेका छन्, ‘बंगलादेशले रुसले निर्माण गरेको स्पुतनिक भि नामको कोरोना विरुद्धको खोप प्रयोगका लागि अनुमति दिएको छ ।रहमानले भने, ‘हामीले रुसले उत्पादन गरेको स्पुतनिक भि खोपको प्रयोगका लागि अनुमनि दिएको छौँ । यसअघि बंगलादेशमा आस्टाजेनेका खोप पनि प्रयोग गरिएको छ ।’
आस्टाजेनेका खोप भारतबाट आउन ढिला भएको थियो । सो खोपको अर्काे डोज आउन निकै ढिला भएकोले हालका लागि रुसको खोपलाई अनुमति दिइएको बताइएको छ ।




प्रतिक्रिया