ब्राजिलमा एकैदिनमा तीन लाख ९५ हजारको मृत्यु

ब्राजिलमा एकैदिनमा तीन लाख ९५ हजारको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – ब्राजिलमा पछिल्लो २४ घण्टामा कोभिड–१९को सङ्क्रमणबाट तीन हजार ८६ जनाको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार कोरोनाबाट मृत्यु हुने व्यक्तिको कुल संख्या तीन लाख ९५ हजार पुगेको छ ।

त्यसैगरी सोही अवधीमा थप ७२ हजार भन्दा बढीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म एक करोड ४४ लाख ४१ हजार जनाभन्दा बढीमा सो सङ्क्रमण भएको छ ।

त्यहाँको स्वास्थ्य मन्त्रालयकाअनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको नयाँ प्रजातिको भाइरसका साथै नयाँ नयाँ वेभ आइरहेका छन् । अस्पतालले बिरामीको चाप थेग्न नसकेपछि उपचारमा समस्या भइहरको छ ।

यस देशमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्यका रुपमा साओ पाओलो रहेको छ । साओ पाओलोमा मात्र ९२ हजारभन्दा बढी नागरिकको ज्यान गएको छ । त्यसैगरी सो राज्यमा करिब २९ लाख भन्दा बढी नागरिक कारोना भाइरसबाट सङ्क्रमित भएका छन् ।