शेन्जेन – ह्वावेले क्लाउड सुपरचार्ज गर्न र व्यापारको इन्टेलिजेन्ट रूपान्तरणको लागि छ वटा इनोभेटिभ सफ्टवेयर उत्पादन गरेको छ ।
ह्वावे डेभ्लपर कन्फेरेन्स २०२१ मा ह्वावेले ह्वावे क्लाउड सीसीडी टर्बो क्लाउड कन्टेनर क्लस्टर, क्लाउड डीई इन्टेलिजेन्ट प्रोग्रामिंग असिस्टान्ट, गाउस डीबि (ओपनगसका लागि) डाटाबेस, विश्वासिलो इन्टेलिजेन्ट कम्प्युटिंग सेवा, पंगु मोडल (विश्वको सबैभन्दा ठूलो चिनियाँ एनएलपी मोडेल र सीभी मोडेल सहित) र विविध कम्प्युटिंगको लागि पूर्वाधार सफ्टवेयर उत्पादन गरेको हो ।
यी छ उत्पादनहरूले दक्षता र गुणस्तरलाई नयाँ स्तरमा पुर्याई डेभ्लपरहरुलाई नयाँ आयामहरू तिर लाग्न मद्दत गर्ने कम्पनीले जनाएको छ ।ह्वावेका कार्यकारी निर्देशक र ह्वावेका क्लाउड बियू तथा उपभोक्ता व्यापार समूहका सीईओ रिचर्ड यूले २०२५ सम्म विश्वका १०० प्रतिशत उद्यमीहरुले क्लाउड टेक्नोलोजीको प्रयोग गर्ने बताए ।
यूले भने, ‘२०२५ सम्ममा विश्वका १००% उद्यमहरूले क्लाउड टेक्नोलोजीको प्रयोग गर्ने छन् । क्लाउड आईसीटी उद्योगको भविष्य हो र उद्यमहरूको डिजिटल रूपान्तरणको आधार हो । डेभ्लपरहरू उद्योगको आत्मा हुन् । ह्वावेले आफ्नो टेक्नोलोजिकल इनोभेसन क्षमताहरू अगाडि ल्याउन जारी राख्नेछ र डेभ्लपर र साझेदारहरूसँग क्लाउड र ब्यापारिकइन्टेलिजेन्ट रूपान्तरणको गति बढाउनको लागि कार्य गर्नेछ ।’
ह्वावे डेभ्लपर प्रोग्राम २.० मा २२० मिलियन अमेरिकी डलर लगानी र ह्वावे क्लाउड पार्टनर इनोभेसन कार्यक्रमको सुरूवात
एचडीसी क्लाउड २०२१ म ह्वावेले आफ्नो ह्वावे डेभ्लपर प्रोग्राम २.० मा २२० मिलियन अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ । ह्वावे क्लाउड पार्टनर इनोभेसन प्रोग्राम, कुन्पेग ओपनमेन्ड प्रोजेक्ट र एसेन्ड ओपनमाइन्ड प्रोजेक्ट लगायतका पहलहरु शुरू गरेको छ ।
ह्वावे क्लाउड बियू र उपभोक्ता क्लाउड सेवाका अध्यक्ष झांग पिंगआनले सास र आईएसभी पार्टनरहरूलाई सक्षम बनाउन र क्लाउड स्रोतहरू, प्रविधि सक्षमता र व्यापार प्रवर्धन समर्थन प्रदान गर्न तिर ध्यान दिँदै ह्वावेले ह्वावे क्लाउड पार्टनर इनोभेसन कार्यक्रममा १०० मिलियन अमेरिकी डलर लगानी गर्ने बताए । कार्यक्रमले ६ प्राविधिक क्षेत्र ओगट्ने बताइएको छ, जसमा कन्टेनर÷माइक्रोसर्भिस, सास, बिग डाटा, एआई, भिडियो र इन्टेलिजेन्टएज रहेका छन् ।
चीनको शेन्जेनमा रहेको युनिभर्सिटी टाउनमा आयोजना भएको तीन दिने कार्यक्रममा किनोट स्पिचहरु, प्राविधिक शिखर सम्मेलन, प्रशिक्षण शिविर, कोड प्रयोगशाला, डेभ्लपर कार्निभल र शिक्षक, युवा प्रतिभा र ह्वावेलुमिनरिज् सहभागी थिए ।




प्रतिक्रिया