काठमाण्डु – उच्च अदालत महेन्द्रनगर इजलासका न्यायाधीश कृष्णलाल भट्टराईलाई थप उपचारका लागि काठमाण्डु ल्याइएको छ ।
कोरोना भाइरसबाट संक्रमित न्यायाधशि भट्टराई सिम्रिक एयरको हेलिकोप्टरमार्फत काठमाण्डु ल्याइएको हो । केही दिनदेखि कोरोना संक्रमण पुष्टि भएका उनको महाकाली अस्पतालको आईसियूमा उपचार भईरहेको थियो ।
स्वास्थ्य अवस्था सुधार हुन नसकेपछि थप उपचारका लागि उनलाई काठमाण्डु पठाइएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी बोक्सरले बताए । उनको काठमाण्डुस्थित नारायणथानको कोभिड १९ अस्पतालमा उपचार भइरहेको छ ।




प्रतिक्रिया