काठमाण्डु – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आरबीबी मोबाइल बैंकिङ महामेलाका विजयीहरु घोषणा गरेको छ ।
बैंकले आरबीबी मोबाइल बैंकिङको प्रवद्र्धनको लागि एफवान सफ्टको सहकार्यमा एक महिनासम्म संचालन भएकोे महामेलामा करिब ७३ हजार कारोबारबाट र्यान्डम्ली छनौट भएका ९ जना विजयीहरुको नाम बुधबार एक समारोहका बिच घोषणा गरेको हो ।
सो समारोहमा नयाँ मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरु मध्येबाट स्वर्णिम पौडेलले थाइल्याण्ड भ्रमणको कपल टुर (4N 5 D) मेगा पुरस्कार प्याकेज पाएका छन् । यसैगरी तुलाराज बोहोरा, प्रविन वली, बालकृष्ण देवकोटा, सिद्धिलाल साह तेली, सृजना नेपाली, सक्षम अधिकारी, प्रेमबहादुर भण्डारी र नुरुलहोडा अन्सारीले सामसुङ्ग ग्यालेक्सी M01 Core ब्राण्डको एक एक थान मोवाइल फोन सेट पुरस्कार प्राप्त गरेका छन् ।
बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नको लागि गत वर्षदेखि एफवान सफ्टको सहकार्यमा आरबीबी मोबाइल बैंकिङ महामेला कार्यक्रम संचालन गरिरहेको छ । यसको लागि बैंकको मोवाइल बैंकिङ्गबाट ग्राहकहरुले कारोबार गर्नुपर्ने हुन्छ । राष्ट्रिय वाणिज्य बैंकमा खाता खोली मोवाइल बैंकिङ्गबाट डिजिटल कारोबार गर्दा छुट लगायत उपहार पाउने व्यवस्था गरिएको छ ।
कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृत देवेश प्रसाद लोहनी, डिजिटल बैंकिङ्ग विभागका विभागीय प्रमुख ऋषिराम ढकाल, एफवान सफ्टका यासमिन गौतम, अलिसा तन्डुकार लगायतको उपस्थिति रहेको थियो । हाल राष्ट्रिय वाणिज्य बैंकका १४ लाख भन्दा बढी मोबाइल बैंकिङ्गका ग्राहकहरु रहेका छन् ।




प्रतिक्रिया