जसपाका नेता तथा कार्यकर्ताको मुद्दा फिर्ता गर्ने मन्त्रिपरिषद्को निर्णय

जसपाका नेता तथा कार्यकर्ताको मुद्दा फिर्ता गर्ने मन्त्रिपरिषद्को निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरुका मुद्दा फिर्ता लिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जसपाका नेता तथा कार्यकर्ताहरुका १५ वटा मुद्दा फिर्ता लिएको हो । सरकारका प्रवक्ता पार्वत गुरुङले जसपाका १२० जना नेता कार्यकर्ताहरुको मुद्दा फिर्ता लिएको जानकारी दिए ।

बैठकले कानूनी हिसाबले फिर्ता लिन मिल्ने नेपाल सरकारवादी भई चलाएको फैजदारी मुद्दाहरु फिर्ता लिने सम्बन्धी निर्देशिका २०७७ बमोजिम सरकारले १५ वटा मुद्दा फिर्ता लिएको उनले बताए ।

जसपाले आफ्ना माग पूरा भए मात्र सरकारमा सहभागी हुने बताएपछि प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले पहल कदमी लिएका हुन् । जसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसहितका नेताहरुले मधेश आन्दोलनका क्रममा जेलमा रहेका आफ्ना नेता तथा कार्यकर्ताहरुको रिहा गर्न माग गरेका थिए ।

र याे पनि

यी हुन् मुद्दा फिर्ता लिइएका जसपाका १२० जना कार्यकर्ता (नामसहित)