काठमाण्डु – नेपाली कांग्रेसकी प्रदेशसभा सदस्य ओमकला गौतमले सरकारले चुनावका समयमा गरेका वाचा पुरा गर्न नसकेकै कारण मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउनु परेको बताएकी छन् ।
गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध पेस भएको अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले अल्पमतमा परेपछि सत्ता छाडेर मार्गप्रसस्त गर्नुपर्ने लोकतान्त्रिक विधि भए पनि मुख्यमन्त्री सत्ता टिकाउने खेलमा लागेको बताइन् ।
जनताले भरोसा गरेर दिएको मतको दुरुपयोग गर्दै सरकार अराजक बनेको बताइन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको संसद् विघटन सर्वोच्च अदालतले समेत अलोकतान्त्रिक भनेकोमा मुख्यमन्त्री गुरुङ प्रधानमन्त्रीको कदमको मतियार बनेकाले सत्तामा बसिरहन शोभा नदिने बताइन् ।
आफ्नै पार्टी भित्रको विवाद समाधान गर्न नसक्नेहरूबाट जनभावनाअनुसार काम होला भन्ने विश्वास नलागेर अविश्वासको प्रस्तावमा समर्थन गरेको बताइन् ।




प्रतिक्रिया