चितवनमा भोलि रातीदेखि ३१ गतेसम्म निषेधाज्ञा !

चितवनमा भोलि रातीदेखि ३१ गतेसम्म निषेधाज्ञा !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – चितवनमा भोलिदेखि निषेधाज्ञा हुने भएको छ । आज बसेको जिल्ला क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसीएमसी) चितवनको बैठकले बैैशाख १६ गते (भोली) रातीदेखि १५ दिनसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

भोली राती १२ बजेदेखि ३१ गते राती १२ बजेसम्मका लागि यो निर्णय लागु हुनेछ । डिसीएमसीको निर्णय केहीबेरमा प्रमुख जिल्ला अधिकारीले जारी गर्ने तयारी गरिएको छ ।

चितवनमा कोरोना (कोभिड १९) संक्रमितको संख्या ५ सय नाघेपछि निषेधाज्ञा गर्ने निर्णय गरिएको डिसीएमसी चितवनका संयोजक एवं प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।