गण्डकीमा जनमोर्चाका सांसद अपहरण, संसद सचिवालयमा निवेदन दर्ता

गण्डकीमा जनमोर्चाका सांसद अपहरण, संसद सचिवालयमा निवेदन दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही अपहरणमा परेको भन्दै राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सभामा निवेदन दर्ता गरेको छ ।

जनमोर्चाकी सचेतक प्रमुख पियारी थापाले दर्ता गरेको पत्रमा अज्ञात रहेका सांसद शाहीको अवस्था सार्वजनिक गर्न, जीवन रक्षा गर्न र सार्वजनिक नभए सम्मका लागि सदन स्थगित गर्न माग गरेको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने सहमति जनाएको जनमोर्चाका सांसदलाई सत्तापक्षले लुकाएको विपक्षीको आरोप छ । एक सांसदले भने, ‘कोरोनाको बहाना बनाएर माननीयलाई अस्पतालमा लुकाईएको खवर आएको छ, मोवाइल समेत लुकाइएको छ भन्ने खवर बल्ल आयो । हामी यसबारे छलफल गर्दैछौँ ।’

प्रदेश सभा सचिवालयले गराएको पिसीआर नेगेटीभ आएका सांसदलाई कोरोना संक्रमित बनाई पोखराको एक अस्पतालमा लुकाएर राखिएको उनको आरोप छ । गण्डकीमा जनमोर्चा दुवै पक्षको लागी निर्णायक छ । जनमोर्चाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । प्रदेश सभाको बैठकमा जनमोर्चाका दुई सांसद पियारी थापा र कृष्ण थापा भने उपस्थित छन् ।