इजरायलको धार्मिक कार्यक्रममा भागदौड हुँदा कम्तीमा ३८ जनाको मृत्यु

इजरायलको धार्मिक कार्यक्रममा भागदौड हुँदा कम्तीमा ३८ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – इजरायलकाे एक धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा दर्जनौँ मानिसको मृत्यु भएको छ। इजरायलकाे हासिडिक यहुदी पर्वका बेला भएको भागदौडमा परेर कम्तीमा ३८ जनाको मृत्यु भएको हाे ।

उत्तरी इजरायलस्थित माउन्ट मेरोनको फेदीमा दशौँ हजार मानिस यहुदी पर्व मनाउन भेला भएका थिए। आपत्कालीन सेवा प्रदायकहरूले घटनास्थलमा घाइतेहरूको उपचार गरिरहेका छन्।

तर धेरै भिड भएकाले उद्धार कार्यमा कठिनाइ भएको उनीहरूले बताएका छन्। हरेक वर्ष मनाइँने उक्त पर्व कोरोना भाइरसको महामारीका कारण अघिल्लो वर्ष रोकिएको थियो। यसपालिको कार्यक्रममा एक लाखभन्दा बढी मानिस सहभागी भएका थिए। नाचगान चलिरहेका बेला एक्कासी भागदौड मच्चिएको हो। भागदौडको कारण खुलेको छैन।