काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १४ हजार ९सय ६९ जनाका पिसिआर र ५ सय ६६ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा पाँच हजार ७ सय ६३ जनालाई संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा संक्रमित हुनेको सख्या ३ लाख २८ हजार सय ९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल नेपालमा सक्रिय संक्रमितको सख्ंया ४३ हजार २१३ पुगेको छ। आज देशभर एक हजार २सय ८७ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्।
हालसम्म निको हुनेको संख्या २ लाख ८२ हजार ३सय ८२ पुगेको छ । पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो संगै हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार २सय ९ पुगेको छ ।आज देशभर ६७ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।




प्रतिक्रिया