स्वास्थ्य संकटकाल घोषणा गर्न सरकारसंग नयां शक्ति पार्टीको माग

स्वास्थ्य संकटकाल घोषणा गर्न सरकारसंग नयां शक्ति पार्टीको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – नयां शक्ति पार्टीले सरकारलाई तत्काल स्वास्थ संकटकाल घोषणा गरेर राज्यको सम्पुर्ण शक्ति कोभिड–१९ विरुद्ध लगाउन माग गरेको छ । उक्त पार्टीले कोभिड–१९ समस्या समाधानका लागी देशभरका सरकारी तथा निजि अस्पतालहरुलाई कोभिड–१९ अस्पतालको रुपमा सुचारु गर्नुपर्ने, अक्सिजनको अभाव हुन नदिन तत्काल देशका मुख्य शहरहरुमा अस्थायी अक्सिजन प्लान स्थापना गर्नुपर्नेलगायतका ७ वटा सुझाव समेत दिएको छ ।

त्यसैगरी लकडाउनको मारमा परेका गरिब,असहाय र मजदुरहरुलाई आधारभुत आवश्यकताको पुर्तिका लागी विषेश राहत प्याकेज घोषणा गर्न पनि नयां शक्तिले माग गरेको छ । शनिबार नयां शक्ति पार्टीका केन्द्रिय संयोजक रवि किरण हमालले एक प्रेस बिज्ञप्ती जारी गर्दै सरकारलाई गम्भीर बन्न आग्रह गरेका छन् ।

नयां शक्तिले सरकारको गैरजिम्मेवारीपन,अकर्मण्यता र अदुरदर्शिताका कारण नेपाली जनताको स्वास्थ सेवा प्राप्त गर्ने अधिकार समेत कुण्ठित भएको समेत विज्ञप्तिमा आरोप लगाइएको छ ।