काठमाण्डु – कोरोना भाइरसको संक्रमणबाट न्याय परिषद् सदस्य लक्ष्मी बहादुर निरालाको निधन भएको छ । कोरोना संक्रमण भएका उनको सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा उपचारका क्रममा मृत्यु भएको हो ।
गत वैशाख १० गतेबाट अस्पताल भर्ना भएका उनको आज बिहान ११ बजे निधन भएको अस्पतालका प्रमुख तथा एसएसपी डाक्टर रुपक महर्जनले जानकारी दिए ।
सुगर र प्रेसरबाट पीडित रहेका उनलाई निमोनिया भएको थियो । उनी २०७६ पुसमा न्याय परिषद सदस्यमा नियुक्त भएका निराला तत्कालिन राजा ज्ञानेन्द्र शाहको शासनकालमा महान्यायाधीवक्तासमेत रहेका थिए ।




प्रतिक्रिया