काठमाण्डु – संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाका सभामुख, सांसद र सचिवालयका कर्मचारीको कोरोना परीक्षण गरिने भएको छ ।
वैशाख २२ र २३ गते पीसीआर परीक्षणका लागि तालिका सार्वजनिक भएको छ । वैशाख २७ गते बोलाइएको संसद अधिवेशनलाई मध्यनजर गर्दै सांसद र कर्मचारीहरूको कोरोना परीक्षण गर्न लागिएको हो ।
पीसीआर परीक्षणका लागि बिहान १० बजेदेखि साझ ५ बजेसम्म नयाँ बानवेश्वरस्थित संसद भवनमा अनिवार्य उपस्थित हुन भनिएको छ ।





प्रतिक्रिया