बुधबार कुन राशिका लागि कति शुभ ?

बुधबार कुन राशिका लागि कति शुभ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  विसं २०७८ साल वैशाख २२ गते बुधबार । इस्वी सन् २०२१ मार्च ०५ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर २२ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ३८ मिनेटमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेखहरु जनमानसमा लैजान सकिनेछ । तर पनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला, स्वास्थ्यमा समस्या आउन सक्छ ।

बृष (इ, उ, ए, ओ, वा, वी, वु, वे, वो) नोकरीमा बढोत्तरी हुने योग छ भने राजनीति गर्नेहरुले राज्यबाट विशेष पद प्राप्त गर्न सक्नेछन् । माया प्रेममा नजिक हुने समय छ ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा)  माया प्रेमको डोरो कसिलो हुनुको साथै घरपरिवारमा बिग्रेको सम्बन्ध सुधार भएर जानेछ । पारिवारिक माहोलमा मिष्ठान्न भोजनमा साथ रमाइलो गरी समय कटाउन सकिनेछ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) मान तथा सम्मानमा दाग लाग्न सक्छ, काम गर्दा ध्यान लिनुहोला । व्यावसायमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिक गुजारा चलाउन हम्मेहम्मे पर्नेछ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे) माया प्रेमको गाँठो मजबुत भएर जानेछ भने दाम्पत्य जीवनमा थप खुसीयाली छाउनेछ । आफन्तका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)  सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईंको वर्चस्व कायम रहेनेछ । प्रणय सम्बन्धमा आत्मीयताको विकास हुनेछ भने घर परिवारमा सबैसँग सौहार्दपूर्ण सम्बन्ध स्थापना गर्न सकिनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते) माया प्रेममा एकअर्कालाई विश्वास गर्नाले सम्बन्ध सुदृढ हुनेछ । भौतिक सम्पत्ति तथा विलाशी वस्तुको उपयोगमार्फत मनग्य धन सङ्ग्रह गर्न सकिनेछ ।

बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु)  माया प्रेममा नजिकिने समय रहेको छ भने पतिपत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । खेलकुद तथा यस्तै पराक्रमी क्रियाकलापमा भाग लिन सकिनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)  मान तथा सम्मानमा दाग लाग्न सक्छ काम गर्दा ध्यान लिनुहोला । पढाइलेखाइमा अरूभन्दा पछिपरेको भान हुनेछ भने काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुःख दिनेहरु सक्रिय हुनेछन् । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम छ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)  पारिवारिक जमघटमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पढाइ लेखाइमा सफलता हात लाग्ने योग छ ।

कुम्भ (गु, गे, गो, सा, सी, सू, से, सो, दा) माया प्रेममा थप प्रगाढता बढेर जानेछ भने दाम्पत्य जीवन खुशी रहनेछ । पढाइलखाइमा तपाईंको नाम अग्र स्थानमा आउनेछ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) पति पत्नीका साथ रमाइलो गर्दै दिन व्यातित गर्न सकिनेछ । सवारी साधन तथा भौतिक सम्पत्ति जोड्ने योग छ । पढाइ लेखाइमा अरूभन्दा अगाडि तपाईंको नाम आउँदा मन प्रसन्न रहनेछ ।