काठमाण्डु – लुम्बिनी प्रदेशका नवनियुक्त तीन जना मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् ।
मुख्यमन्त्री शंकर पोखरेलले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्दै तीन जना मन्त्र नियुक्त गरेका थिए । प्रदेश प्रमुख धर्मनाथ यादवले थप भएका तीन मन्त्रीलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् ।
चेतनारायण आचार्य आन्तरिक मामिला तथा कानून, भोजप्रसाद श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या र धर्मबहादुर लाल श्रीवास्तवलाई शिक्षा तथा सामाजिक विकासमन्त्रीको जिम्मेवारी दिइएको छ । योसँगै लुम्बिनीको मन्त्रिपरिषद् १० सदस्यीय भएको छ ।
यसअघि मुख्यमन्त्री पोखरेलले कल्पना पाण्डेलाई शिक्षा तथा सामाजिक विकासमन्त्री र सुमन शर्मा रायमाझीलाई भौतिक पूर्वाधार राज्यमन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा बैजनाथ चौधरी, हरि रिजाल, सन्तोष पाण्डे र विजय यादव मन्त्रीमा नियुक्त गरेका थिए ।




प्रतिक्रिया