अमेरिकी दूतावासका सबै सेवा बन्द

अमेरिकी दूतावासका सबै सेवा बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिकी दूतावासले बुधबारदेखि भिसा लगायतका सेवा बन्द गरेको छ । कोरोनाभाइरस संक्रमण र काठमाण्डु उपत्यकामा गरिएको निषेधाज्ञाको कारण सेवा बन्द गर्नुपरेको दुतावासले विज्ञप्तिमार्फत जनाएको छ ।

भिसाका लागि लिइएका अपोइनमेन्ट पनि अहिलेलाई स्थगित भएको जनाएइएको छ । सबै सेवा निषेधाज्ञा हटेपछि मात्र सुचारु गरिने दूतावासले जनाएको छ ।

यस्तै दूतावासका कर्मचारीलाई अनावश्यकरुपमा काठमाण्डु वरपर नजान समेत निर्देशन दिइएको छ ।