एमाले लुम्बिनीका सांसद डाँगीले दिए राजीनामा

एमाले लुम्बिनीका सांसद डाँगीले दिए राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं. २ (ख) बाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित अमरबहादुर डाँगीले पदबाट राजीनामा दिएका छन् ।

बुधबार प्रदेशसभा सचिवालयमा पुगेर उनले राजीनामा बुझाएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभा सदस्य डाँगीले राजीनामा बुझाएको र सभामुखको निर्देशन अनुसार प्रक्रिया अगाडि बढाएको प्रदेशसभा सचीव दुर्लभ कुमार पुनले जानकारी दिए ।

डाँगीले मुख्यमन्त्री शंकर पोखरेलको साथ छोडेर नेकपा माओवादी केन्द्रको उम्मेदवारको पक्षमा उभिएको भन्दै मंगलबार समाचार सार्वजनिक भएको थियो ।