काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम रेल्वे अध्यादेश, २०७८ जारी गरेकी छन् ।
संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा सो अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।
यसअघि मंगलबार राष्ट्रपतिले संवैधानिक परिषद सम्बन्धी लगायतका विभिन्न ७ वटा अध्यादेश जारी गरेकी थिइन् ।





प्रतिक्रिया