एनआईसी एसिया बैंकको बदमासी : ऋणीलाई दुख दिएको गुनासोपछि राष्ट्र बैंकले काट्यो पत्र

एनआईसी एसिया बैंकको बदमासी : ऋणीलाई दुख दिएको गुनासोपछि राष्ट्र बैंकले काट्यो पत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंकसंग जवाफ माग गरेको छ । एनआईसी एसिया बैंकले चर्को ब्याज लिएर ऋणीलाई दुख दिएको गुनासोपछि राष्ट्र बैंकको सुपरीवेक्षण विभागले एनआईसी एशिया बैंकलाई पत्र काट्दै गुनासोबारे जानकारी गराउन निर्देशन दिएको हो ।

राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले सर्वसाधारणबाट गुनासो आएपछि एनआईसी एशिया बैंकलाई पत्र काटिएको स्विकारे । उनले पत्रको जवाफ भने आईनसकेको बताए ।

ढकालअनुसार पत्रको जवाफपछि मात्र सुपरीवेक्षण विभागले त्यसमा आवश्यक कदम चाल्नेछ । बैंकले सम्झौताविपरित ब्याजदर बढाउने गरेको र ग्राहकलाई सामान्य जानकारी समेत नदिएर षडयन्त्रपुर्वक ढंगले घरजग्गा लिलामी गर्दै आएको गुनासो सर्वसाधारणको छ । एनआईसी एसिया बैंक पछिल्लो समय एकपछि अर्को बिवादमा फसिरहेको छ ।

एनआईसी एसियाले चर्को ब्याज असुल गरेको खवर संचारमाध्यममा सार्वजनिक भएसंगै ऋणीलाई थुमचुम्याउन बैंकले थालेको थियो । राष्ट्र बैंकको आधार दर ६.७७ मा ८.९३ प्रतिशत प्रिमियम जोडेर एनआईसीले १५.७० प्रतिशतसम्म ब्याज लिएको घटना सार्वजनिक भएपछि राष्ट्र बैंकले ब्याजदर घटाउन समेत निर्देशन दिएको थियो । सामान्यतयां बेस रेटमा २ प्रतिशतसम्म प्रिमियम जोडेर बैंकहरुले ऋण लगानी गर्ने भएपनि एनआईसी एशियाले भने ९ प्रतिशतसम्म प्रिमियम जोडेको घटना सार्वजनिक भएको थियो ।

व्यवसायी दिनेश सुवेदीले एनआईसी बैंकको बदमासीबारे उजुरी नै गरेका थिए । बैंकको विराटनगर शाखाबाट उनले ऋण लिएका थिए । पिडित सुवेदीले न्यायका लागी प्रधानमन्त्री कार्यालयसम्म आफु पुग्ने बताएका थिए ।