वुटवल– रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मेयर तथा उपमेयर चढ्ने गरेको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने भएको छ । नगरपालिकाका मेयर बासुदेव घिमिरे र उपमेयर जगेश्वरदेखी चौधरी चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय नगरपालिकाले गरेको छ ।
तिलोत्तमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ । संक्रमितको संख्या बढेसंगै एम्बुलेन्सको समेत अभाव हुन थालेको छ । दुवै गाडीमा सीट र अक्सिजनको सिलिण्डर आजदेखी नै व्यवस्था गरिने मेयर घिमिरेले बताए ।
कोरोना संक्रमितहरुले एम्बुलेन्स नपाउने अवस्था भएपछि आफुहरुले चढ्ने गाडी पनि जनताको सम्पती भएकाले एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गरेको उनको भनाई थियो ।
तिलोत्तमा दैनिक २ सयभन्दा बढी नागरिकहरु कोरोना भाइरसको संक्रमणबाट संक्रमित भइरहेका छन् । यसअघि नगरपालिकाले आफ्नै १ नम्बर वडामा रहेको स्वास्थ्य चौकीलाई अन्यन्त्र व्यवस्थापन गरेर अक्सिजन सहितको आइसोलेसन अस्पतालको रुपमा समेत सञ्चालनमा ल्याइसकेको छ।




प्रतिक्रिया