काठमाण्डु – नेकपा एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ ।
बिहीबार बिहान ११ बजेबाट बैठक सुरु भएको महासचिव एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।
बैठकमा राष्ट्रियसभाको उपनिर्वाचनका लागि उम्मेद्वार तय, प्रधानमन्त्रीले वैशाख २७ गते लिने विश्वासको मत र अन्य दलहरुसँग सहकार्य गर्ने विषयमा छलफल हुने बताइएको छ ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अोलीले आकस्मिक रुपमा स्थायी कमिटी बैठक बोलाएका थिए ।




प्रतिक्रिया