प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बिहीबार साँझ ५ बजे बालुवाटारमा प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन् ।

आजको बैठकमा विभिन्न मन्त्रालयका निर्णय, कोरोना संक्रमण नियन्त्रण र समसामयिक राजनीतिक विषयमा छलफल हुने एक मन्त्रीले जानकारी दिए ।

मन्त्रिपरिषद्को बैठक अगाडि प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । आजको बैठकले थप महत्वपूर्ण निर्णय गर्न सक्ने बताइएको छ ।