लक्ष्मणलाल कर्णसहित ४ जना सांसदलाई कोरोना संक्रमण

लक्ष्मणलाल कर्णसहित ४ जना सांसदलाई कोरोना संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभाका थप ४ जना सांसदलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै प्रतिनिधिसभाका कूल ११ सांसदलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ ।

वैशाख २७ गते बस्न लागेको प्रतिनिधिसभाको बैठकअघि बुधबार सांसदलगायत कर्मचारीहरुको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा ४ जना सांसदमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

संक्रमण हुनेहरुमा लक्ष्मणलाल कर्ण, पार्वती डिसी चौधरी, रामबाबु यादव र नरमाया ढकाल रहेका छन् । त्यस्तै दुई जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित सांसदहरुलाई २७ गतेको वैठकमा छुट्टै रुपमा उपस्थित गराउने वा अर्को विकल्प खोज्ने भन्ने विषयमा आवश्यक तयारी भइरहेको संसद सचिवालयले जनाएको छ ।