काठमाण्डु– कोरोना भाइरस संक्रमितको उपचारमा प्रयोग हुने पाँच मिलियन युआनको स्वास्थ्य सामाग्री ल्हासा आइपुगेको छ ।
चीन सरकारले अनुदान स्वरुप नेपाललाई उपलब्ध गराउने पाँच मिलियन (चिनियाँ मुद्रा) को स्वास्थ्य सामाग्री एवं उपकरण सहायता ल्हासा आईपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कोरोना संक्रमितको उपचारका लागि विदेशी दातृ निकायले दिने आवश्यक पर्ने स्वास्थ्य सामाग्री परराष्ट्र मन्त्रालयमार्फत पहल गर्ने जनाएको छ ।
प्रधानमन्त्री कार्यालयका प्रवक्ता किरणराज शर्माले बंगलादेशको राजधानी ढाकास्थित बेक्सिमको फार्मामार्फत आई.एफ.आई.सी र नेपाल बंगलादेश बैंकले नेपालमा कोभिड १९ बाट संक्रमितहरुको उपचारका लागि रेम्डेसिभिरको निःशुल्क उपलब्ध गराउनेबारे परराष्ट्र मन्त्रालयले पहल गरिरहेको जानकारी दिए ।






प्रतिक्रिया