काठमाण्डु – कोरोना संक्रमणका कारण पूर्वमन्त्री मोतीप्रसाद पहाडीको मृत्यु भएको छ । कोरोना संक्रमित भई भेरी अस्पताल नेपालगन्जमा उपचाररत ७७ वर्षीय पूर्वमन्त्री पहाडीको आज बिहान मृत्यु भएको हो ।
उच्च रक्तचाप र मधुमेहबाट पीडित उनी कोरोना संक्रमित भएपछि होमआइसोलेशनमा रहेका बेला अक्सिजनको मात्रा कम भएपछि हिजो बिहान भेरी अस्पतालमा भर्ना गरिएको थियो ।
डोल्पाका पुराना राजनीतिज्ञ पहाडी विसं २०५३ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा पहिले कानून राज्यमन्त्री, पछि वन तथा भूसंरक्षण र आपूर्तिमन्त्री भएका थिए ।




प्रतिक्रिया