काठमाण्डु – मुख्यमन्त्री डोरमणी पौडेलले नेकपा एमाले वागमती प्रदेश संसदीय दलले संसदीय बोर्ड गठन गरेका छन् ।
संसदी दलका नेतासमेत रहेका मुख्यमन्त्री पौडेलको अध्यक्षतामा बसेको बैठकले संसदीय बोर्ड गठन गरिएको हो । दलको विधान २०७७ को दफा १७ बमोजिम १५ सदस्यीय बोर्ड गठन गरिएको मुख्यमन्त्री पौडेलले जनाएका छन् ।
बोर्डको सदस्यमा प्रमुख सचेतक दीपक निरौला, अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुण नेपाल, विजय सुवेदी, शशीजङ थापा, उर्मिला कर्माचार्य, शान्ति थिङ, सरस्वती बाटी, नारायणबहादुर सिलवाल, सीता लामा र प्रदीप कटुवाल रहेका छन् ।




प्रतिक्रिया