काठमाण्डु – नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी शनिबार संसदीय दलको बैठक बोलाएका हुन् । बैठक शनिबार २ बजे संसद भवन, बानेश्वर स्थित ल्होत्से हलमा बस्ने बताइएको छ ।
बैठकमा वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने विषयमा छलफल गर्न दलको बैठक बोलाइएको हो ।




प्रतिक्रिया