काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न शीतल निवास पुगेका छन् । नेता नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेपछि राष्ट्रपति निवास पुगेका हुन् ।
नेकपा एमालेबाट नेपाल समूहका सांसदले सामूहिक राजीनामा दिने तयारी गरिरहेका बेला नेता नेपाल राष्ट्रपति भेट्न शीतल निवास पुगेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा अोलीले वैशाख २७ गते विश्वासको मत लिने भएका छन् । उनले विश्वासको मत लिने अवस्थामा नेपाल समूह भने राजीनामाको तयारीमा लागेको बताइएको छ । उनले विपक्षी दलहरुसँग मिलेर सरकारविरुद्ध छुट्टै मोर्चाबन्दी गर्दै आइरहेका छन् ।
प्रधानमन्त्री अोलीले बुधबार सभापति देउवालाई भेटेका थिए । उनले आफू विश्वासको मत लिने भन्दै सहयोग गर्न आग्रह गरेका थिए । साथै प्रधानमन्त्री ओलीले विश्वासको मत नपाए मध्यावधी निर्वाचन जाने बताएका थिए ।




प्रतिक्रिया