काठमाण्डु – विसं २०७८ साल वैशाख २४ गते शुक्रबार । इस्वी सन् २०२१ मार्च ०७ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर २२ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ४० मिनेटमा ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) माया प्रेममा सामान्य मनमुटाव सिर्जना भए पनि अन्ततः एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिने समय छ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेखहरु जनमानसमा लैजान सकिनेछ ।
बृष (इ, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) परिवार तथा आफन्तहरु तपाईंको कामदेखि प्रशन्न हुनेछन् । सवारी साधन प्राप्त हुने योग छ । दाजुभाइबाट राम्रै सहयोग प्राप्त हुनेछ । मायाप्रेममा विश्वासको वातावरण झन् कसिलो भएर जानेछ । सामाजिक क्षेत्रमा नाम, दाम तथा प्रतिष्ठा कमाउन सकिनेछ ।
मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) अध्ययन अध्यापनमा सुधार गरी पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिन्छ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने दिदीबहिनीहरुको सहयोग पाइने हुँदा कामहरु समयमा नै सम्पन्न गर्न सकिनेछ ।
कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) विद्यार्थीहरुले अध्ययनमा सफलता पाउनेछन् भने गुरुहरुको राम्रो सहयोग पाइने हुँदा गन्तव्य पहिल्याउन सहज हुनेछ । तर पनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला, स्वास्थ्यमा समस्या आउन सक्छ ।
सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे) सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेखहरु जनमानसमा लैजान सकिनेछ । औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धित सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दी आउनेछ ।
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) माया प्रेममा सामीप्यता बढ्नेछ भने पतीपत्नीबीचको सम्बन्धमा प्रगाढता बढेर जानेछ । न्यायिक निर्णयहरु तपाईंकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) विद्यार्थीहरुले पढाइ लेखाइमा राम्रो नतिजा ल्याई पुरस्कार जित्न सक्नेछन् । प्रेममा सामीप्यता बढेर जानेछ भने दाम्पत्य जीवन सुखी रहनेछ ।
वृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पतिपत्नी बीच विश्वासको वातावरण मजबुत हुनेछ । अध्ययन अध्यापनमा अरुभन्दा एक कदम अगाडि बढी नतिजा आफैतिर ल्याउन सकिनेछ ।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) समस्याहरुको समाधान गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । सत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा वर्चस्व कायम राख्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईंको काममा सहयोग हुनेछ ।
मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) माया प्रेमका कोपिला फक्रनेछ भने छोराछोरीको कामदेखि प्रशन्न हुने समय छ । सेयर बजारमा लगानी गरी आम्दानीका स्रोत बढाउन सकिनेछ । चिठ्ठा पर्ने अधिक सम्भावना छ ।
कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै उपलब्धिमूलक कामहरु गर्न सकिनेछ । गाएन पेसा तथा कला साहित्यमा समय दिनेहरुले आम्दानीका स्रोतहरु बढाउन सकिनेछ ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) विदेशमा बसेर काम गर्नेहरुले मनग्य रुपैयाँ पैसा कमाउन सक्नेछन् । पढाइलेखाइ प्रगतिकै बाटोमा अगाडि बढ्ने योग छ ।




प्रतिक्रिया